
कर्मचारीहरुले सदरमुकाम खलंगामा विरोध प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् ।
फिल्डमा रहेका कर्मचारीको ज्यानको सुरक्षा नभएको भन्दै विभिन्न पेशागत संगठनहरु र आधिकारिक ट्रेड युनियनले छुट्टा–छुट्टै विज्ञप्तिसमेत निकाल्दै विरोध जनाएका छन् ।
शाहीका हत्यारालाई हदैसम्मको कारबाही गर्न र मृतकलाई सहिद घोषणासहित पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग पनि कर्मचारीहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्