३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


अमेरिका बाहेकका ठूला राष्ट्र इरानले तेल बेच्न पाउने पक्षमा प्रतिवद्ध


0
Shares

काठमाडौं, असार २३ । इरानसँगको आणविक सम्झौताका हस्ताक्षरकर्ता अमेरिकाबाहेकका अन्य मुलुकले इरानले तेल बेच्न पाउने पक्षमा प्रतिवद्धता जनाएका छन् ।

तीन युरोपेली शक्तिराष्ट्र, रूस र चीनले इरानसँग संयुक्त विज्ञप्ति जारी गरी आफूहरू इरानसँग आर्थिक सम्बन्ध राख्न प्रतिबद्ध रहेको जनाएका हुन् ।

उनीहरूले इरानले तेल र ग्यासलगायतका अन्य इन्धनजन्य उत्पादन आपूर्ति गर्न पाउने पनि विज्ञप्तिमा जनाएका छन् ।

संयुक्त राज्य अमेरिका, बेलायत, रूस, फ्रान्स, चीन र जर्मनीसहितका विश्वका शक्ति राष्ट्रहरूले सन् २०१५ मा इरानसँग भएको आणविक सम्झौतालाई वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नमान्ने घोषणासँगै अमेरिकाले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउनेसमेत चेतावनी दिँदै आएकोे छ ।

यसैबीच चीनका प्रधानमन्त्री लि खछ्याङले व्यापार युद्ध गरेर कुनै देशलाई फाइदा नहुने बताएका छन् ।

अमेरिकासँग व्यापारिक विवाद भइरहेका वेला प्रधानमन्त्री खछ्याङले अमेरिकाप्रति नै लक्षित गर्दै व्यापारयुद्ध गरेर कसैलाई फाइदा नपुग्ने बताएका हुन् ।

उनले व्यापार युद्धले स्वतन्त्र व्यापारलाई बहुआयामिक प्रभाव पार्ने जिकिर गरे ।

सोफियामा भएको १६ युरोपेली संघ र दक्षिणपूर्वी तथा पूर्वी युरोपेली देशहरु बाल्कनको शिखर सम्मेलनमा उनले अमेरिकाप्रति असन्तुष्टी पनि व्यक्त गरे ।(एजेन्सी)