यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने गठबन्धनको निर्णय « Image Khabar


यथास्थितिमा संशोधन प्रस्ताव स्वीकार गर्न नसकिने गठबन्धनको निर्णय


Imagekhabar
२० पुष २०७३, बुधबार १७:०२

                                                                                               फाइल फोटो
बुधबार राजधानीमा बसेको गठबन्धनको बैठकले सरकारले परिमार्जनसहित संशोधनको प्रस्ताव ल्याएमात्र त्यसमा जान सकिने निर्णय गरेको गठबन्धनका संयोजक एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

गठबन्धनले संशोधनका सम्बन्धमा यसअघि राखेको परिमार्जनको माग यथावत् राखेको छ र उसले सरकारले परिमार्जन गर्न कुनै गृहकार्य नगरेको गुनासोसमेत गरेको छ ।

बैठकले संशोधनका सम्बन्धमा सर्वाेच्च अदालतले गरेको निर्णय उचित भएको जनाउँदै ‘अदातलले जे गर्नुपथ्र्याे त्यही गरेको’ निष्कर्ष निकालेको छ ।

गठबन्धनले संशोधनको प्रस्ताव अघि नबढाइ घोषणा हुने निर्वाचनको कुनै अर्थ नहुने निष्कर्ष निकालेको संयोजक यादवले बताए ।

बैठकले आजको काठमाडौं उपत्यका बन्दप्रति गठबन्धनको ध्यानाकर्षण भएको जनाउँदै सर्वसाधारण जनतालाई उचित मुआब्जा दिएरमात्र बाटो विस्तार गर्न सरकारलाई सुझाव दिएको छ ।

बैठकमा संयोजक यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, सद्भावना पार्टीका महासचिव मनीष सुमन, संघीय लिम्बूवान पार्टी नेपालका कुमार लिङ्देन, थरुहट तराई पार्टीका भानुराम थारुलगायत उपस्थित थिए । रासस

प्रतिक्रिया दिनुहोस्