३२ असार २०८२, बुधबार | Wed Jul 16 2025


भारतमा कांग्रेस प्रवेश गरेको तीन दिनमै नेता चौरसियाको हत्या


0
Shares

मध्यप्रदेश, चैत २ । इन्डियन कांग्रेस पार्टीमा प्रवेश गरेको तीन दिनमै भारतमा एकजना नेताको हत्या भएको छ भने उनका छोरा घाइते भएका छन् ।

बहुजन समाजवादी पार्टी (बीएसपी)का पूर्वनेता देवेन्द्र चौरसियाको हत्या भएको हो भने उनका छोरा सोमेश घाइते भएका हुन् ।

मध्यप्रदेशको दामोहीनजिकै अज्ञात व्यक्तिहरुको आक्रमणमा परी उनी शुक्रबार मारिएको अधिकारीहरुले जनाएका छन् ।

घटनामा संलग्न भएको आशंकामा मध्यप्रदेश प्रहरीले सातजनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।

मुद्दा दर्ता गरिएकामध्ये एकजना बीएसपीका तर्फबाट विधानसभा सदस्य रहेकी राम बाइका श्रीमान् गोविन्द सिंहपनि रहेका छन् । रासस/एएनआई