आदिबासी जनजातिको हितमा नभएको संविधान देशको हितमा हुँदैनः अध्यक्ष बराम « Image Khabar


आदिबासी जनजातिको हितमा नभएको संविधान देशको हितमा हुँदैनः अध्यक्ष बराम


Imagekhabar
२३ पुष २०७३, शनिबार ०९:५०

संविधान संशोधनको विरुद्ध रहेको राजनीतिक दललाई संसद खुलाउन समेत उनले आग्रह गरे ।

नेवार पत्रकारहरुको राष्ट्रिय संगठन नेवाः पत्रकार राष्ट्रिय दबूले महासंघका नवनिर्वाचिन कार्यसमितिलाई शुभकामना दिन आयोजना गरेको कार्यक्रममा अध्यक्ष बरामले राज्यले भाषिक, धार्मिक, सांस्कृतिक, जातीय, राजनीतिक रुपमा विभेद गरिराखेको बताए ।

विगतमा राज्यले गरेको सम्झौता अक्षरस पालना हुनुपर्ने साथै ११ प्रदेश हुनुपर्ने माग समेत उनले गरे ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै दबूका उपाध्यक्ष सुरजवीर बज्राचार्यले आदिवासी जनजाति अधिकार स्थापित गर्न महासंघ अघि नसरेको भन्दै यसले अबको कार्यसमितिप्रति उब्जेको आशंका एउटा चुनौतीको रुपमा रहेको बताए ।

दबूया अध्यक्ष श्रीकृष्ण महर्जनले भने अधिकार स्थापित गर्ने संघर्षमा महासंघको सक्रियताले संविधान परिमार्जन र अधिकार स्थापित गर्न संभव हुने भन्दै यस अभियानमा नेवार समुदायको पनि साथ रहने बताए ।

कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई नेवार परम्परा अनुसार अण्डा, बारा, माछा सगुन दिएर शुभकामना ब्यक्त गरेका थिए ।

दबूका महासचिव सुनील महर्जनले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा दबूको ललितपुर शाखाका अध्यक्ष सुरज ब्यञ्जनकारले धन्यवाद ज्ञापन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्