Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


‘संक्रान्तिबजार राहत तथा पुनःस्थापना कोष’मा साढे १६ लाख संकलन


0
Shares

-प्रकाश धौलाकोटी, ईमेज

नेपाल बैंकमा जिल्ला दैवी प्रकोप उद्धार समितिले सञ्चालन गरेको कोषमा तेह्रथुमका विभिन्न संघसंस्थासहित छिमेकी जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा लगायतबाट राहत सहयोग संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी जयप्रकाश बस्नेतले जानकारी दिए ।

अग्नीपीडितको पुनःस्थापना तथा पुनःनिर्माणका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री राहत कोषबाट १ करोड र कांग्रेस नेतृ तथा सांसद सीता गुरुङले १५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।

अग्नीपिडितका लागि संकलित रकम दैवी प्रकोप उद्धार समितिको बैठक र स्थानीयसँग परामर्श गरी प्रचलित मापदण्डमा आधारित रहेर वितरण गरिने सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले बताए ।

संक्रान्ति बजारमा पुस १ गते भएको भिषण आगलागीमा परी २४ घर पूर्ण रुपमा जलेका थिए भने ५ घरमा आंशिक क्षति भइ कुल १४ करोड ८ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको थियो । आगलागीबाट ७३ परिवार विस्थापित भएका छन् ।