
सिमाकंनमा ठोरीका जनताको प्रदेश नंम्बर ३ मा समायोजन हुने शत प्रतिशतको भावना र २१ औं शताब्दीमा आईसक्दापनी ठोरीमा सेवा र सुबिधाको पहुच देखेर आफुलाई दुःख लागेको बताए ।
विद्युतीकरणको उदघाटन गर्न ठोरी पुगेका नेपाल सरकारका उर्जा मन्त्री शर्माले नेपालमा बिकाससँग सम्बन्धित निकायहरु ‘निदाएर बस्दा’ साना–साना बिकासका काम सम्पन्न हुन लामो समय लाग्ने गरेको बताए ।
उनले भने–ठोरीमा विजुली बलेर मात्र पुग्दैन यो स्थानको आवश्यता राज्यले मुल्यकंन गरिसकेकाले ठोरी–केरुगं लोकमार्कको तिब्रता ,नाका बिस्तार र शत प्रतीशत ठोरीको जनताको प्रदेश ३मा समायोजन हुने चाहानालाई राज्य र राजनीतिक दलले छिट्टै सम्बोधन गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री शर्माले उज्यालो नेपाल बनाउन उर्जा मन्त्रालयनै लागेकाले यो अभियान सबै नेपाली जनताको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा उर्जा राज्य मन्त्री सत्यनारायण भगतले सुगम जिल्ला भएर पनी ठोरीको बिकासको हालत देखेर आफु मर्माहित भएको बताए ।
नेपाल विद्युत प्राधिकरणका महाप्रबन्धक कुलमान घिसीगंले सबैको सहयोगले नेपालबाट लोडसेडिङ्ग शुन्य तर्फ धकेल्न सहयोग पुगेको बताए । अहिले शहर उज्यालो बनाएका छौं केहि समयपछि नेपालबाटै लोडसेडिङ हटाउछौं उनले प्रतिबद्धता जनाए ।
विद्युतीकरण उदघाटन गर्न नेपाल विद्युत प्राधिकरणका जिल्ला स्तरीय ,क्षेत्रीय स्तरीय र उर्जा मन्त्रालयको महाप्रबन्धक , सचिव, राज्यमन्त्री र मन्त्री सहित गएको टोलीलाई आयोजक ठोरी सर्बदलीय समितिले स–सम्मान स्वागत सहित सीमाकंन लगायत १५ बुदें माग पत्र पेस गरेको ठोरी–चितवन पुनं समायोजन समीतीका संयोजक प्रकाश खनालले जानकारी थिए । कार्यक्रम सर्बदलीय समितिका संयोजक राम प्रकाश कुवंरको सभापतित्वमा भएको थियो । -सुदिप थापा
प्रतिक्रिया दिनुहोस्