
फाइल फोटो
अध्यक्ष गच्छदारले संविधान संशोधन प्रस्ताव अपुरो भएकाले यसलाई राजनीतिक सहमतिका आधारमा परिमार्जन गर्नुपर्ने बताए ।
रिपोर्टर्स् क्लबले शनिबार बुझाएको ज्ञापनपत्र लिँदै फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारले विगतमा गरिएका सहमति र सम्झौतालाई सम्बोधन हुने गरी संविधान संशोधन गरिनुपर्ने बताए ।
उनले सरकारले ल्याएको संविधान संशोधनको विधेयकमाथि आफ्नो पार्टीले संशोधन प्रस्ताव हाल्ने र त्यही प्रस्ताव पारित गराउन पहल गर्ने जानकारी पनि दिए ।
यथास्थितिमा संशोधन प्रस्ताव पारित गरे समस्या समाधान नहुने उनको भनाइ थियो ।
अध्यक्ष गच्छदारले प्रमुख दलहरुबीच सहमति, सहकार्य र एकताको खाँचो रहेको भन्दै सत्तापक्षले सबै दलसँग सहमति कायम गर्नुपर्ने बताए ।
दुई तिहाइलेमात्रै संविधान संशोधन गर्दैमा समस्याको समाधान नहुने भएकाले मुख्य दलहरुबीचमा न्यूनतम् सहमति आवश्यक रहेको उनको भनाइ थियो ।
उनले निर्धारित् मितिभित्र तीनओटै निकायको चुनाव गर्नुपर्ने बाध्यता रहेकाले सबै दल मिल्नुपर्ने बताए
प्रतिक्रिया दिनुहोस्