२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


साहित्यकार/व्यापारी शेषराज दलीको जन्मशताब्दी (भिडियो)


0
Shares

१९९० सालबाट साहित्यिक यात्रा सुरु गरेका दलीले थुप्रै नाटक, गीत र निःयात्रा लेखेका छन् ।

शेष हीरा प्रतिष्ठानको आयोजनामा मनाइएको जन्मशताब्दी वर्ष कार्यक्रममा उनीबाट रचित गीतहरुको संग्रह, ‘शताब्दी स्मृतिग्रन्थ’ नामक पुस्तक विमोचन गरिएको छ ।

१९७२ साल पुस २५ गते काठमाडौंमा जन्मिएका साहित्यकार एवं व्यापारी दलीको ९८ वर्षको उमेरमा २०७१ साल साउनमा निधन भएको थियो ।

१९९० सालबाट ‘शारदा’ मासिक पत्रिकाबाट साहित्यिक यात्रा सुरु गरेका उनले नेपाली, नेवारी र अंग्रेजी भाषामा नाटक, कविता, निःयात्रा, र थुप्रै गीतहरुसमेत लेखेका छन् ।

१९९७ देखि २०१७ सालसम्मका राजनीतिक घटनाक्रमहरु समेटर लेखिएको ‘नेपालको छवि सतहबाट’ भन्ने पुस्तक उनको निकै रुचाइएको पुस्तकमध्ये एक हो ।

बहुआयामिक प्रतिभाका धनी दलीले १९९८ सालमा नेपालमा पहिलोपटक साबुन उद्योगसमेत स्थापना गरेका थिए ।

यसबाहेक दलीले आयकर, जग्गाकर व्यवस्थित गर्नसमेत सहयोग पुर्‍याएको नेपाल प्रज्ञा प्रतिष्ठानका सहसचिव देव गिरीले बताए ।

पारिवारिक मेलमिलाप र सामाजिक सद्भावको पक्षमा पनि शेषराज दलीले भूमिका खेलेको उनका छोरा डा. विश्वनाथ दलीले बताए । (विस्तृत भिडियोमा हेर्नुहोस्) ।