कार्यकारी अधिकृत ज्ञवालीको दोस्रो पटक स्पष्टीकरण « Image Khabar


कार्यकारी अधिकृत ज्ञवालीको दोस्रो पटक स्पष्टीकरण


Imagekhabar
२४ पुष २०७३, आईतवार १२:३९

सरकारले उनले अघिल्लो पटक बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सरकारले गत बिहीबार पुनः दोस्रो पटक उनीसँग स्पष्टीकरण सोधेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव दिनेशकुमार थपलियाले कार्यकारी अधिकृत ज्ञवालीले स्पष्टीकरण पत्र बुझाएको जानकारी दिए ।

ज्ञवालीको स्पष्टीकरण पत्रमा विभिन्न निकायको समन्वय, अनुदान वितरण, पुनर्वासलगायत विषय समेटिएको बताइएको छ ।

सचिव थपलियाले स्पष्टीकरण पत्र आफूले बुझेर मुख्य सचिव डा सोमलाल सुवेदीलाई समेत बुझाइसकेको बताए । भूकम्पपछिको पुनःनिर्माणको काम चित्तबुझ्दो नभएको जनाउँदै सरकारले ज्ञवालीलाई स्पष्टीकरण सोधेको थियो ।

भूकम्पपीडित जनताले प्रभावकारी रुपमा राहत नपाएको, पुनःनिर्माणको कामले गति लिन नसकेको र प्राधिकरण भूकम्पपीडित जनतालाई सेवा दिनभन्दा पनि साना मसिना काममा मात्रै केन्द्रित भएको जस्ता आरोप लाग्दै आएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्