 
	    फाइल तस्वीर
संविधान संशोधन विधेयकको कार्यसूचीमा संसद बैठक प्रवेश गर्नासाथ एमालेसहित विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका थिए ।
सभामुख ओनसरी घर्तीले बैठकको कार्यसूची अघि बढाएपछि विपक्षी सांसदहरुले नाराबाजीसमेत गरेका थिए ।
बैठकमा कानूनमन्त्री अजयशंकर नायकले संविधान संशोधन विधेयक टेबल गरेका हुन् ।
त्यस्तै अख्तियारका निलम्वित प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय पनि बैठकले गरेको छ । उक्त प्रस्तावमाथिको छलफल सकिएकाले महाअभियोग सिफारिस समितिमा पठाइएको हो ।
स्थानीय निकायको निर्वाचन विधेयक पनि संसदमा टेबल भएको छ ।
संसद बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्