संसद बैठक अघि बढ्यो, विपक्षीले अवरोध गरेनन् « Image Khabar


संसद बैठक अघि बढ्यो, विपक्षीले अवरोध गरेनन्


Imagekhabar
२५ पुष २०७३, सोमबार १४:३६

संविधान संशोधन विधेयकको विरोध गर्दै आएका विपक्षी दलले सोमबार त्यससम्बन्धी छलफलको कार्यसूची नभएपछि संसद सन्चालनमा अवरोध नगरेको बताइएको छ ।

आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेसहितका ९ दलको विरोधकाबीच संविधान संशोधन विधेयक टेबल भएको थियो ।

सो विधेयकमा थप संशोधनका लागि सांसदहरुलाई ७२ घन्टामा समय दिइने व्यवस्था छ ।

गत मंसिर १४ गतेयता विपक्षीले सदन सन्चालनमा अवरोध गर्दै आएका थिए ।

विपक्षीले अवरोध नगरेपछि अहिले शून्य समय र विशेष समयमा सांसदहरुले आ–आफ्ना भनाइ राख्दैछन् । रासस

प्रतिक्रिया दिनुहोस्