१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कांग्रेस सांसद धनराज गुरुङले भने–‘म संशोधन विधेयकको पक्षमा छैन’


0
Shares

सोमबार काठमाडौंमा रिपोर्टर्स् क्लबले गरेको सात्क्षात्कारमा मन्त्री नायकले मधेसी मोर्चाले पनि प्रस्ताव पारित गर्न सघाउने विश्वास व्यक्त गरे ।

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई सर्वोच्च अदालतले अयोग्य ठहर गरेर राम्रो काम गरेको बताए ।

नेपाली कांग्रेसका नेता धनराज गुरुङले लोकमानलाई सर्वोच्चले पदमुक्त गरेपनि संसदलेसमेत महाभियोग लगाउनुपर्ने बताए ।

संसदबाट महाअभियोग लगाएर कारबाही गरेपछिमात्र लोकमानको कर्तुतको उचित दन्ड मिल्ने उनको भनाइ छ ।

आफू संशोधन विधेयकको पक्षमा नरहेको भन्दै गुरुङले एमालेलाई बाहिर राखेर गरिने संशोधनले समाधान नदिने जिकिर गरे ।

यस्तै, नेकपा एमालेका नेता सोमप्रसाद पाण्डेले भने संशोधन विधेयकको सीमांकन र भाषाबाहेक नागरिकता र राष्ट्रियसभाको प्रतिनिधित्वकाबारेमा आफ्नो दल छलफल गर्न तयार रहेको बताए ।

सीमांकन हेरफेरको विषय असंवैधानिक रहेकाले त्यसमा संसदमा छलफल गर्नै नदिने उनको अडान थियो ।

तस्वीरमा कानुनमन्त्री अजयशंकर नायक ।