२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


ओलीसँग भएको सहमतिबारे प्रधानमन्त्री दाहालले यसरी गरे खुलासा (भिडियोसहित)


0
Shares

सोमबार प्रेस सेन्टर चितवनले भरतपुरमा गरेको पत्रकार भेटघाटमा दाहालले जबर्जस्ती नभइ सल्लाह गरेरै संशोधन प्रस्ताव टेबल गरिएको जिकिर गरे ।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आइतबार एक घन्टा छलफलपछि विरोध गरेजस्तै गरेपनि संशोधन विधेयक टेबल गर्ने सहमति भएको खुलासा गरेका हुन् ।

प्रधानमन्त्री दाहालले संविधान संशोधन प्रस्तावको विषयमा तत्काल समझदारी नबन्ने भएकाले विषयलाई अगाडि बढाउन सबै सहमत भएको बताए ।

प्रधानमन्त्री दाहालले आफू रिबन काट्नमात्र देश–दौडाहामा नलागेको भन्दै विकास निर्माणलाई अगाडि बढाउनु आफ्नो ध्येय रहेको दाबी गरे ।

चितवनको विकास–निर्माणबारे आफूले प्याकेज नै घोषणा गर्ने पनि उनले बताए ।

प्रधानमन्त्री दाहालले विगतमाजस्तो आफूले कसैले भन्दैमा राजीनामा नदिने प्रस्ट गर्दै जिम्मेवारी पूरा गरेरमात्रै सरकार छाड्ने बताए ।

दुई दिनसम्म चितवनमा रहँदा प्रधानमन्त्री दाहाल चारअ‍ेटा कार्यक्रममा सहभागी हुनेछन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्