२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ स्वीकृत


0
Shares

यसअघिको बैठकमा गणपूरक संख्या नपुगेका कारण प्रस्ताव निर्णयार्थ प्रस्तुत् हुन सकेको थिएन । आधा घन्टाको स्थगनपछि बैठकले सो प्रस्ताव पारित गरेको हो ।

उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सो प्रस्ताव प्रस्तुत् गरेका थिए ।

‘निर्वाचन विधेयक, २०७३’ स्वीकृत
व्यवस्थापिका–संसदको सोमबारको बैठकमा ‘निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।

विधेयकको सैद्धान्तिक छलफलमा भाग लिँदै नेकपा एमालेका पुरुषोत्तम पौडेलले पैसा र बल हुनेले निर्वाचन जित्ने प्रवृत्तिलाई विधेयकले निरुत्साहन गर्नुपर्ने बताए ।

विधेयकलाई विचार गरियोस् भनी उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले प्रस्ताव प्रस्तुत् गरेका थिए ।

सो प्रस्तावमाथि भाग लिँदै नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले ‘संसदीय व्यवस्थामा उम्मेदवार हुनेबित्तिकै करोडौं चन्दा उठाएर खर्च गर्ने कार्य रोकिनुपर्छ–भने ।

छलफलमा उठेका सवालमा जवाफ दिँदै उपप्रधानमन्त्री निधिले स्वतन्त्र र शान्तिपूर्ण तथा दबाबरहित निर्वाचन हुनुपर्ने बताउँदै अवाञ्छित क्रियाकलापलाई विधेयकमा दन्डको व्यवस्था गरिएको जानकारी दिए ।

बैठकमा अर्थ समितिका सभापति प्रकाश ज्वालाले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयकको सम्बन्धमा समितिको पूरक प्रतिवेदन २०७३ पेस गरे ।

संसदको अर्काे बैठक यही पुस २६ गते अपराह्न १ बजे बस्नेछ । रासस