२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चितवनको विकासका लागि बृहद् प्याकेज ल्याउँदै छौं : प्रधानमन्त्री


0
Shares

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधामन्त्री दाहालले चितवनको विकासका लागि बृहद् प्याकेज ल्याउन लागेको दाबी गरे ।

उक्त विकास प्याकेजबारे केही नबताएपनि उनले ‘प्याकेज बनाउने काम अन्तिम चरणमा पुगेको छ’–भने ।

महोत्सव सुरु हुनुअघि विभिन्न बाजागाजा र झाँकीसहितको शोभायात्राले नारायणगढबजार परिक्रमा गरेको थियो ।

यही माघ ५ गतेसम्म नारायणी नदी किनारमा सन्चालन हुने महोत्सवमा पाँच सयओटा साधारण स्टल तथा जातजातिका रहन–सहन झल्कने स्टल राखिएका छन् ।

महोत्सव तीन लाखभन्दा बढीले अवलोकन गर्ने र रु २५ करोड रुपैयाँभन्दा माथिको कारोबार हुने अपेक्षा गरिएको छ ।

उद्योग वाणिज्य सघ चितवन आयोजक रहेको महोत्सवमा चितवन जिविस र भरतपुर उपमहानगरपालिका सहआयोजक रहेका छन् ।