
सोमबार राजधानीमा सम्पन्न बैंकको साधारणसभाले यस्तो प्रस्ताव पारित गरेको हो ।
एनआइडीसी प्राप्तीपछि बैंकको चुक्तापुँजी ५ अर्ब ४५ करोड रुपैयाँ पुग्नेछ । एनआइडीसी प्राप्तीपछि ३० प्रतिशत हकप्रद सेयर जारी गरी चुक्तापुँजी ७ अर्ब पुर्याउने बैंकले जनाएको छ ।
यसै वर्षको नाफाबाट १ अर्बसम्मको बोनस सेयर वितरण गरी चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने बैंकका अध्यक्ष मोतीलाल दुगडले बताए ।
सनराइज बैंकको सय कित्ता सेयर बराबर एनआइडीसीको ६५ कित्ता सेयर दिने सहमति दुई संस्थाबीच भएको हो ।
एनआइडीसीको चुक्तापुँजी २३ करोड रुपैयाँ रहेको छ ।
चुक्तापुँजी थोरै भएपनि बैंकको व्यवसाय विविधिकरण गर्न एनआइडीसी प्राप्त गर्न लागेको बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्