३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025


सोलेडाँडा पर्यटकको पर्खाइमा


0
Shares

म्याग्दीको ओखरबोट, रुम र बागलुङको तमान गाविसको लाम्मेलालगायत आसपासका क्षेत्रमा फैलिएको सोलेडाँडामा सडक विस्तारसँगै आन्तरिक पर्यटकको गन्तव्य बनेपनि आवश्यक पूर्वाधारको अभावमा समस्या भइरहेको छ ।

सोलेडाँडाको सुन्दरता अवलोकन गर्न आउने पर्यटकलाई खानेपानी, शौचालय, टेन्टलगायतका पूर्वाधार तथा बास बस्न खोज्नेलाई उचित व्यवस्था हुन नसक्दा आन्तरिक पर्यटक पनि निराश भएर फर्कनुपर्ने बाध्यता रहेको ओखरबोटका स्थानीयको गुनासो रहेको छ ।