एमाले सांसदको माग–‘पुस २७ गते राष्ट्रिय एकता दिवस मनाऔं’

व्यवस्थापिका–संसदमा मंगलबारको शून्य समयमा भाग लिँदै नेकपा एमालेका नेता प्रकाश ज्वालाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको संस्मरणमा पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउन सरकारसँग माग गरे ।
स–साना राज्य रजौटामा विभाजित नेपाललाई एकीकरण गरेका शाहको जन्म वि.सं. १७७९ पुस २७ गते भएको थियो ।
बैठकमा भाग लिने अरु सांसदले भूकम्पपीडितलाई अनुदान, द्रुतमार्ग निर्माण, सिँचाइ र स्वास्थ्यलगायतका आ–आफ्ना जिल्ला र निर्वाचन क्षेत्रका समस्याप्रति सरकारको ध्यान आकृष्ट गरेका थिए ।
बैठकमा तेजुलाल चौधरी, दीपक कार्की, दुलारी हरिजन, धनबहादुर रायमाझी, धन पहरी, ध्यानगोविन्द रञ्जित, नरदेवी पुनमगर, पुरुषोत्तम पौडेललगायतले शून्य समयमा भाग लिएका थिए । रासस