Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


‘दाल भात तरकारी’ वैशाख १३ मा नआउने


0
Shares

काठमाडौं, चैत १ । नेपाली चलचित्र ‘दाल भात तरकारी’को ‘रिलिज डेट’ एक साता सारिएको छ ।

आउँदो वैशाख १३ गतेको दिन आउने भनिएको फिल्म अब वैशाख २० गते रिलिज हुने फिल्मका निर्माता किरण केसीले जानकारी दिएका छन् ।

इमेजखबरसित केसीले भने, ‘टेक्निकल कारणले फिल्मको डेट सरेको हो । फिल्मका अरु काम पनि बाँकी छ ।’

डबिङलगायतका काम बाँकी रहेको र केही काम भारतको मुम्बईमा गर्नुपर्ने भएकाले रिलिज डेट सारिएको उनले जानकारी दिए ।

चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, वसुन्धरा भुसाल, सन्दीप क्षेत्री, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर बाङ्देल, विल्सनविक्रम राई, सुरेन्द्र केसीलगायतका कलाकारको अभिनय छ ।

मह सन्चारको ब्यानरमा सुदन केसीले चलचित्रको निर्देशन गरेका हुन् ।

चलचित्रका निर्माताहरुमा रमिला आचार्य, नरेन्द्र कंशाकार, शिवहरि पौडेल, यमन श्रेष्ठलगायत छन् । मित्र डी गुरुङको सम्पादन र दीर्घ गुरुङको छायांकन रहेको छ ।