Logo १३ फाल्गुन २०८२, बुधबार | Wed Feb 25 2026


संविधान संशोधन विधेयक असफल पार्न यस्तो छ एमालेको रणनीति


0
Shares

संशोधन विधेयक पारित हुन नदिने रणनीतिमा एमाले छ ।

भद्र विरोधलाई कमजोरी ठानेर सरकारले संसदीय अभ्यास र परम्पराविपरीत संशोधन विधेयक पेस गरेको निष्कर्षसहित एमाले त्यो विधेयक फिर्ता लिनुपर्ने अडानमै छ । विधेयक असफल बनाउन विपक्षी ९ दलबीच एकता कायम राख्दै सीमांकन हेरफेरको विरोधमा रहेका राप्रपालगायतका दललाई पनि विपक्षमा रहन एमालेले ‘कन्भिन्स’ गर्दैछ ।

एमाले अध्यक्ष केपी ओलीले राप्रपा अध्यक्ष कमल थापासँग पटक–पटक अनौपचारिक वार्तासमेत गरिसकेका छन् । अवरोधबीच संशोधन अघि बढ्न नसक्ने बताए पनि एमाले प्रक्रियामा जाँदा सत्तापक्षलाई कमजोर बनाउने रणनीतिमा छ ।

निर्वाचनसँग जोडिएका विधेयक छिटो पारित गर्न एमालेले सहयोग गर्ने भएको छ । ‘हामीले संशोधनको मामिलामा अवरोध गरेका हौँ,’ एमाले नेता अग्नि खरेलले भने, ‘तर, संविधान कार्यान्वयनका मामिलामा हामी सदन अवरोध गर्दैनौँ, सरकारले गल्ती नै गरेछ भने पनि सच्याएर भए पनि अघि बढ्न एमाले तयार छ ।’ –नयाँ पत्रिका दैनिकबाट