संविधानमा ‘धर्मनिरपेक्ष’ शब्द राख्नु गलत : राणा « Image Khabar


संविधानमा ‘धर्मनिरपेक्ष’ शब्द राख्नु गलत : राणा


Imagekhabar
२८ पुष २०७३, बिहीबार १४:४०

विहीबार भक्तपुरमा रफत सन्चार क्लबले गरेको साक्षात्कारमा राणाले संविधान संशोधन गरी मधेसका जायज माग सम्बोधन नगरेसम्म कुनैपनि निर्वाचन सम्भव नभएको बताए ।

उनले दोस्रो जनआन्दोलनपछि नेपालको राष्ट्रियता इतिहासमै कमजोर भएको भन्दै राष्ट्रियताको सवाललाई लिएर नै राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी एक भएको स्पस्ट पारे ।

संविधानमा ‘धर्मनिरपेक्ष’ शब्द राख्नु गलत भएको भन्दै राणाले हिन्दूराष्ट्रका सवालमा जनमतसंग्रह गरिनुपर्ने र सबै धर्मप्रति सद्भाव कायम राखिनुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्