२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सरकार उल्टो बाटोमा हिँड्यो : पोखरेल


0
Shares

प्रेस चौतारी नेपालले विहीबार रुपन्देहीमा गरेको पत्रकार सम्मेलनमा नेता पोखरेलले ‘सरकारले चोर बाटोबाट संशोधन प्रस्ताव संसदमा टेबल गरे पनि असंवैधानिक र राष्ट्रहितविरूद्धको प्रस्ताव कुनै हालतमा पास हुन नदिने’ बताए ।

नेपाली कांग्रेस र माओवादी केन्द्रले ‘भारतको बहकाउमा संशोधन प्रस्ताव ल्याइएको’ ठोकुवा गर्दै उनले यसलाई असफल पार्ने बताए ।

उनले संविधान कार्यान्वयन गर्ने बेलामा संशोधनको मुद्दा उठाएर सरकार उल्टो बाटोमा हिँडेको आरोप पनि लगाए ।

मुलुकमा निर्वाचन नगराउने, संविधानलाई असफल गराउने उद्देश्यस्वरूप संशोधन प्रस्ताव आएको पोखरेलको भनाइ थियो ।