२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


डेनमार्कमा तीनदिने नेपाल महोत्सव हुने


0
Shares

नेपाल हाउस कोअपरेटिभ्स एप्स डेनमार्कले विहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आगामी मेमा तीनदिने नेपाल महोत्सव गर्न लागेको जानकारी दिएको हो ।

व्यापार तथा निर्यात प्रबद्र्धन केन्द्र नेपाल, नेपाल पर्यटन विभाग, वाणिज्य मन्त्रालय र पर्यटन मन्त्रालयको सहयोगमा आयोजना हुने उक्त महोत्सवमा नेपालीका ५० ओटा स्टलहरु रहने बताइएको छ ।

महोत्सवमा पश्मिना तथा ढाकाका सामग्रीहरु, नेपाली वाइन, च्यूरा, काष्ठकला, मूर्तिकला, थांका पेन्टिङ र वाइवाइ चाउचाउलगायतका उत्पादनहरु राखिने जानकारी दिइयो ।

त्यसैगरी, नेपालमा युरोपेली पर्यटकलाई आकर्षित गर्न नेपाली कला र संस्कृतिसम्बन्धी जानकारीहरु सो अवसरमा दिइने पनि बताइएको छ ।

महोत्सवमा गायक दीपक बज्राचार्यको नेतृत्वको सांगीतिक टोलीले म्यूजिक कन्सर्ट पनि प्रस्तुत् गर्ने कार्यक्रम रहेको छ ।