३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


शान्तिप्रक्रिया र संविधान निर्माणमा प्रेसको ठूलो भूमिका : प्रधानमन्त्री


0
Shares

प्रधानमन्त्री निवास बालुवाटारमा विहीबार भारत, बंगलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री दाहालले प्रेस लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको र प्रेसको सकारात्मक भूमिका भएकै कारण शान्ति र संविधान लेखन प्रक्रिया टुंगोमा पुर्‍याउन सफल भएको उल्लेख गरे ।

नेपाल राजनीतिक संक्रमणको अन्तिम चरणमा रहेको भन्दै उनले नेपालको संविधानअनुरुप पूर्णप्रेस स्वतन्त्रताको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

प्रधानमन्त्री दाहालले २१औं शताब्दी सूचना र प्रविधिको युग भएको हुँदा सूचना र प्रविधिको विकासले विश्वजगत्मै महत्वपूर्ण परिवर्तन ल्याएको धारणा राखे ।

सो अवसरमा भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्श्री र प्रेस काउन्सिलका प्रतिनिधि उपस्थित थिए । रासस