१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ऊर्जामन्त्री सहभागी कार्यक्रममा ढुंगामुढा प्रहार, यसरी भयो तनाब (भिडियो)


0
Shares

अर्घाखाँची महोत्सवको उद्घाटन कार्यक्रममा शर्मासँगै सहभागी नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य डिलाराम आचार्यले संविधान संशोधन प्रस्ताव जायज भएको बताउँदै ५ नम्बर प्रदेश विभाजन गर्नु स्वभाविक भएको तर्क राखेपछि कार्यक्रममा उपस्थित भएका जिल्लाबासीले ढुंगामुढा प्रहार गरेका हुन् ।

अर्घाखाँची क्षेत्र नम्बर–१ का पूर्वसांसदसमेत रहेका आचार्यले ‘संघीयता स्वीकार गरी हस्ताक्षर गर्नेहरुले नागरिकको कमजोर मानसिकतामा टेकेर राजनीति गरेको’ बताएपछि स्थानीयले नाराबाजी गर्दै ऊर्जामन्त्री शर्मा उपस्थित मन्चमा ढुंगा प्रहार गरेका थिए ।

ढुंगा प्रहारबाट मन्त्री शर्मालाई कुनै चोटपटक नलागे पनि सोक्रममा केहि घाइते भएका छन् ।

घाइते हुनेमा सन्धिखर्क–१० किमडाँडाका मानबहादुर भुसाल, सन्धिखर्क–१५ डिभर्नाका प्रेम खड्कालगायत रहेका छन् । घाइतेहरुको अवस्था सामान्य छ । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ ।

कार्यक्रममा तनाब उत्पन्न भएपछि मन्त्री शर्मा कार्यक्रमस्थलबाट तुरुन्तै बाहिरिएका थिए । ऊर्जामन्त्री शर्मा कार्यक्रममा नबोलिकन सुरक्षाकाबीच बाहिरिए पनि नेता आचार्यलाई प्रदर्शनकारीले बाहिर निस्कन दिएनन् ।

आचार्यले माफी माग्नुपर्ने माग गर्दै केहिबेर नाराबाजी गरिरहे । तनाब जारी रहेपछि आचार्यले प्रदर्शनकारीसमक्ष आफू जनताको पक्षमै रहेको भन्दै माफी मागे ।

आचार्यको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रदर्शनकारीले नाराबाजी जारी राखेपछि प्रहरीले आचार्यलाई कडा सुरक्षाकाबीच बाहिर निकालेको थियो ।

५ नम्बर प्रदेश विखन्डनकोविरुद्ध आन्दोलित भएका जिल्लाबासी आचार्यको अभिव्यक्तिले विवादको स्थिति सिर्जना गरेको हो ।

यो पनि पढ्नोस्

अर्घाखाँचीबासीलाई पोखरा जान टाढा भए सुरुङमार्ग बनाइदिन्छौं : ऊर्जामन्त्री

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्