विहीबार सेयर बजार सकारात्मक रहेर थामियो « Image Khabar


विहीबार सेयर बजार सकारात्मक रहेर थामियो


Imagekhabar
२८ पुष २०७३, बिहीबार १९:३२

उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंक बढीले सकारात्मक रहेर १४ सय ७९ पुगेर थामियो ।

कारोबार भने यस दिन झनै खुम्चियो । होटल र अन्यबाहेक अरु समूह सकारात्मक रहेसँगै नेप्से पनि धनात्मक रहन पुगेको हो ।

जलविद्युत् र बीमा समूह ९/९ अंकले र वाणिज्य बैंक समूह ५ अंकले बढे पनि अरु समूह भने नगन्य अंकलेमात्र धनात्मक रहेका हुन् । होटल समूह भने ३० अंकले ओरालो लाग्यो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २० कम्पनीको २६ लाख ७७ हजार कित्ता सेयर ३२ करोड २८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्