
राति १०ः१५ बजे दमकबाट उर्लाबारीतर्फ आउँदै गरेको को १० प ४६४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक २१ वर्षीय श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा राति १०ः३५ बजे मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उर्लाबारी–४ कै २२ वर्षीय आकाश कार्की गम्भीर घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्