
काठमाडौंमा गरिएको पर्यटन बस एशोसिएशन अफ नेपालको छैठौं महाधिवेशनमा उनले सुस्ताएको पर्यटन क्षेत्रलाई आफूले गति दिएको दावी गरे ।
पर्यटन क्षेत्रको विकास बिना मुलुकको आर्थिक विकास सम्भव नहुने भन्दै उनले पर्यटन क्षेत्रलाई आधुनिक र प्रविधियुक्त बनाउन नयाँ योजना ल्याउन लागेको जानकारी दिए ।
पर्यटक बसले आन्तरिक तथा बाह्य पर्यटकलाई गुणस्तरीय सेवा दिन नसकेको भन्दै उनले सेवालाई व्यवस्थित र गुणस्तरीय बनाउन सुझाव दिए । पर्यटक बसको लागि छुट्टै बसपार्क चाँडै व्यवस्था गरिने पनि उनको भनाइ छ ।
अरु वक्ताले भने पयर्टन क्षेत्रको विकासको लागि दीर्घकालीन योजना ल्याउन सरकारलाई सुझाव दिएका थिए । कार्यक्रममा पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विभिन्न संघ, संस्थालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्