Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


संविधान मान्दिनँ भन्ने अधिकार कसैलाई छैन : खनाल


0
Shares

शुक्रबार विराटनगर विमानस्थलमा सन्चारकर्मीसँग कुरा गर्दै उनले ‘नेपालमा बस्ने नेपालीलाई संविधान मान्दिनँ भन्ने अधिकार कसैलाई छैन’–भने ।

उनले सरकारले तत्काल स्थानीय तहको चुनाव घोषणा गर्नुपर्ने पनि बताए ।

स्थानीय तहको चुनाव नगराउने षड्यन्त्रसहित सरकारले संविधान संशोधनको प्रस्ताव ल्याएको खनालको भनाइ थियो ।

सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावलाई कुनैपनि हालतमा पास हुन नदिने उल्लेख गरे ।