१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


साझा यातायातद्वारा लामो दुरीमा चल्ने गाडीमा २० प्रतिशत छुट


0
Shares

                                                                                    फाइल फोटो
साझाले आगामी माघ १ गतेदेखि लागू हुनेगरी उपत्यकाबाहिरका काठमाडौंबाट–वीरगन्ज, भैरहवा र पोखरा–बागलुङ रुटमा चल्ने गाडीमा रु २० प्रतिशत भाडा घटाएको हो ।

सेवाग्राहीलाई विशेष लाभ दिने उद्देश्यले सरकारले तोकेको भाडादरमा अर्को सूचना जारी नहुँदासम्म २० प्रतिशत छुट गरी भाडा समायोजन गरिएको साझा यातायातका कायममुकायम प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए ।

उनकाअनुसार नयाँ कायम गरिएको भाडादरमा काठमाडौंदेखि वीरगन्जसम्म यसअघिको रु ४९० बाट घटाएर रु ३९२, भैरहवाको रु ५१० बाट रु ४०८ र पोखराको रु ३९० बाट रु ३१२ कायम गरिएको छ ।

साझाले २०७० वैशाखदेखि १६ ओटा र २०७३ मंसिर १२ गतेदेखि ३० ओटासमेत गरी ४६ ओटा बसमार्फत् काठमाडौं उपत्यकामा सेवा पुर्‍याउँदै आएको जनाएको छ ।

साथै, साझाले दसैंको अवसरमा गत असोज १६ गतेबाट उपत्यकाबाहिरका चार गन्तव्यमा सेवा सुरु गरेकोमा काठमाडौंदेखि गोर्खा रुटमा चल्ने बससेवा विशेष कारणबस हालका लागि स्थगित गरिएको विज्ञप्तिमार्फत् जनाएको छ ।

साझाले उपत्यकाबाहिरका चार रुटमा आठओटा बस सन्चालन गर्दै आएको थियो ।

आगामी दिनमा सेवा विस्तार गरी सुविधान सम्पन्न बस थप्ने तयारी भएको साझाले जनाएको छ । रासस