बंगलादेश एक्स्पो माघ ४ देखि भृकुटीमन्डपमा « Image Khabar


बंगलादेश एक्स्पो माघ ४ देखि भृकुटीमन्डपमा


Imagekhabar
२९ पुष २०७३, शुक्रबार १७:०५

काठमाडौंस्थित बंगलादेशी दूतावासले शुक्रबार पत्रकार सम्मेलन गरी नेपालमा तेस्रो एक्स्पो गर्न लागेको जानकारी दिएको हो ।

सो अवसरमा बंगलादेशी राजदूत मास्फी बिन्ते शाम्सले एक्स्पोबाट नेपाली आयातकर्ता तथा निर्यातकर्ता दुबै लाभान्वित हुने बताइन् ।

एक्स्पोमा करिब सय स्टल रहने र त्यसमा २० देखि २५ स्टल नेपाली सामानको हुने बताइएको छ ।

एक्स्पोमा बंगलादेशका रेडिमेड कपडा, सारी, कुर्ता सुरुवाल, प्लास्टिकका सामग्रीहरु, कस्मेटिक सामग्री, सेरामिक्सका भाडाकुँडा, छालाका सामग्री, जुत्ता, टेक्सटाइल, गहना, इलेक्ट्रोनिक सामान, शिक्षासम्बन्धी जानकारी, आइटी सोलुसन आदिका स्टलहरु रहने बताइएको छ । एक्स्पो ५ दिन चल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्