खोटाङ जिल्ला लोडसेडिङमुक्त, मेवाखोलाबाट बिजुली उत्पादन सुरु « Image Khabar


खोटाङ जिल्ला लोडसेडिङमुक्त, मेवाखोलाबाट बिजुली उत्पादन सुरु


Imagekhabar
२९ पुष २०७३, शुक्रबार १९:१०

जिल्लामा अहिलेसम्मकै सबैभन्दा बढी क्षमता भएको हाइड्रोपावर निर्माण भएसँगै खोटाङ जिल्ला सधैंका लागि उज्यालो बनेको हो ।

गत मंसिर १८ गतेबाट परीक्षण प्रसारण सुरु गरिएको जिल्लाबाट उत्पादन गरिएको मेवाखोला हाइड्रोपावरको शुक्रबार पूर्वउपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले उद्घाटन गरेपछि खोटाङ लोडसेडिङमुक्त जिल्ला घोषणा भएको हो ।

दिक्तेल नगरपालिका–१० स्थित मेवाखोलाबाट उत्पादन गरिएको एक मेगावाट क्षमताको हाइड्रोपावरमा समुदायको ३५ प्रतिशत तथा सानिमा बैंक र बैंक अफ काठमान्डुको ६५ प्रतिशत गरी कुल २२ करोड रुपैयाँको लागतमा हाइड्रोपावर सन्चालनमा ल्याइएको उक्त हाइड्रोपावर निमार्णको जिम्मा लिएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीले जनाएको छ ।

जिल्लालाई लोडसेडिङमुक्त बनाउने लक्ष्यकासाथ २०७१ सालदेखि हाइड्रोपावरको काम सुरु गरिएको थियो ।

मेवाखोलाबाट उत्पादित विद्युत् बुइपामा रहेको विद्युत् प्रसारणलाइनको सवस्टेसनमा जोेडेर वितरण गर्ने व्यवस्था मिलाइएको छ ।

वि.सं. २०७२ साल असोजमा बत्ती बाल्ने भनिएपनि लगातार दुईपटक आएको बाढी र भूकम्प कारण हाइड्रोपावर वर्षदिनपछि सन्चालनमा ल्याउन सफल भएको आयोजना प्रमुख ललितकुमार राईले बताए ।

प्रतिक्रिया दिनुहोस्