१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


पोखरा उपमहानगरपालिको बजेट १ अर्ब २८ करोड


0
Shares

आगामी आर्थिक वर्षको लागि पूर्वाधार तथा संरचना विकासतर्फ ५६ करोड, जनसंख्या तथा सामाजिक विकासतर्फ ३७ करोड १६ लाख, कृषि, वन र वातावरणतर्फ ९ करोड ९५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी आर्थिक वर्षको लागि १ अर्ब २८ करोड ५५ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको बताए । यो चालु आर्थिक वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो ।

पोखराले रिङरोडलाई प्राथमिकतामा राखेको छ भने फ्लाइओभरको सम्भाव्यता अध्ययन गर्ने जनाइएको छ ।

२१औं नगरपरिषद्को उद्घाटन गर्दै अर्थमन्त्री कृष्णबहादुर महराले गुरुयोजनासहित उपमहानगरपालिकालाई अगाडि बढ्न आग्रह गरे ।