नेप्से २५औं वर्षमा, पुँजीबजारको आधुनिकीकरणमा जोड

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को २४औं वार्षिकोत्सवका अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा गभर्नर नेपालले अहिले पनि पुँजीबजार अर्धस्वचालित अवस्था रहन नहुने भन्दै चाँडोभन्दा चाँडो पूर्ण स्वचालितका लागि सुझाव दिएका हुन् ।
नेप्सेको निजीकरण आवश्यक रहेको भन्दै नेप्सेमा रहेको राष्ट्र बैंकको ३४ प्रतिशत स्वामित्व घटाउने काम भइरहेको पनि उनले जाकारी गराए ।
नेप्से सन्चालक समितिका अध्यक्ष रामजी रेग्मीले पनि पुँजीबजार पूर्ण स्वचालित बनाउन ढिला भइसकेको उल्लेख गरे ।
काठमाडौंकेन्द्रित बजारलाई मुलुकका अन्य भागमा विस्तार गर्न आवश्यक रहेकोमा पनि उनले जोड दिए ।
उनले अनुगमन तथा सुपरिवेक्षणमा सुधार, सरोकारवाला निकायहरुबीच समन्वय, यी निकायका कर्मचारीहरुको क्षमता विकास, अनुसन्धान तथा सुझावका लागि आधिकारिक निकाय स्थापनालगायतका काम पनि आवश्यक रहेको बताए ।
नेप्सेको निजीकरण प्रक्रिया पनि प्रभावकारीरुपमा अगाडि बढ्न नसकेको भन्दै नेपाली साझेदार नै हुनु उचित हुने धारणा रेग्मीले राखे ।
महाप्रबन्धक सितारामा थपलियाले नेप्सेको वर्तमान अवस्थाबारे जानकारी गराउँदै कारोबार प्रणाली सुधार, दोस्रो बजार सेवा विस्तार, सांगठनिक सुधारलगायतका क्षेत्रमा नेप्सेले गरेको कामकाबारे पनि उल्लेख गरेका थिए ।
बजारमा संस्थागत लगानीकर्ताको कमी, वास्तविक क्षेत्रका कम्पनीहरुको न्यून उपस्थिति, वैदेशिक संस्थागत लगानी तथा गैरआवासीय नेपालीलाई सहभागी गराउनेलगायतका चुनौतीहरु रहेको पनि महाप्रबन्धक थपलियाले उल्लेख गरे ।