सन्तोष पुर्कुटी (इमेज)
ताप्लेजुङ, फागुन ३० । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा चल्ने सवारी–साधनमा पाथीभराको भजनबाहेकका गीत बजाउन नपाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालयको अगुवाइमा बसेको सर्वपक्षीय बैठकले चैत १ गतेदेखि भजनबाहेकका गीत बजाउन नपाइने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले बिहीबार एक कार्यक्रमबीच पाथीभरा क्षेत्रमा चल्ने सवारी–साधनलाई भजनको पेनड्राइभ वितरण गरे ।
झापाको बिर्तामोडबाट ताप्लेजुङ आउने सवारी–साधनहरुले पाथीभराको भजन बजाउनेछन् । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली नदीदेखि पाथीभरासम्म अरु कुनै गीत बजाउन पाइने छैन ।
पाथीभराको प्रचार–प्रसार गर्दै भक्तजनलाई सुरक्षित यात्राको अनुभूति दिलाउने उद्देश्यले सवारी–साधनमा भजन अनिवार्य गरिएको बताइएको छ ।









प्रतिक्रिया दिनुहोस्