
समितिले राष्ट्रपति निर्वाचनमा रुसको हस्तक्षेप र साइबर आक्रमणसम्बन्धमा कस्तो घूषपैठ भएको थियो भन्नेबारे अध्ययन गरी प्रतिवेदन दिनेछ । यसक्रममा नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सहयोगीहरुसँग पनि सोधपूछ गरिने छ ।
निर्वाचनमा रुसी जासूसी निकायको संलग्नता भए÷नभएको पत्ता लगाउने विषय निकै चुनौतिपूर्ण हुने उक्त कमिटीले जनाएको छ ।
यता, नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पनि निर्वाचनमा रुसी संलग्नतासम्बन्धमा गरिएको प्रचारबाजीबारे अनुसन्धान गरी नब्बे दिनभित्र आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाइसकेका छन् ।
इमेल ह्याकिङ र आफ्नाबारे रुससँग गम्भीर र आपत्तिजनक प्रमाणहरु रहेको भन्दै गरिएको प्रचार तथ्यहीन र अफवाह फैलाउने कूत्सित नियतमात्रै भएको ट्रम्पको जिकीर छ ।
इमेल ह्याकिङमा संलग्न भएकै आरोपमा ओबामा प्रशासनले ३५ रुसी कूटनीतिज्ञलाई अमेरिकाबाट निष्काशन गरेको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्