उपराष्ट्रपतिद्वारा दलहरुबीच देखिएका विवाद तत्काल समाधान गर्न सुझाव

मगर संघले शनिबार तनहुँको दमौलीमा गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले निर्वाचनबाटै संविधान कार्यान्वयन हुने भएकाले दलहरुलाई साझा सहमति बनाएर अघि बढ्न आग्रह गरेका हुन् ।
उनले दलहरुबीच देखिएका विवाद तत्काल समाधान गर्न सुझाव दिए ।
सबै राजनीतिक दल मिलेमात्र संविधान कार्यान्वयन गर्न सजिलो हुने उनको भनाइ थियो ।