
राष्ट्रपति याह्या जाम्मेहले सत्ता छोड्न अस्वीकार गरेपछि अदामाले मुलुक छोडेका हुन् ।
जाम्मेहको पदावधि गत बिहीबार सकिएको छ । उनले सुरुमा गत डिसेम्बरमा सम्पन्न निर्वाचनमा पराजय स्वीकार गरे पनि पछि परिणाम नै रद्द गरिएको बताएका थिए ।
नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी गाम्बिया पुगेर दुबै पक्षबीच सहमति गर्ने प्रयास गरे पनि त्यो असफल भएको छ ।
बरो मालीतर्फ लागेका छन् । त्यहाँ उनले पश्चिम अफ्रिकीमुलुकका नेताहरुसँग छलफल गर्ने बताइएको छ ।
अफ्रिकी युनियनका नेताहरुले जामेहको सत्तालाई लामो समय मान्यता नदिने जनाइसकेका छन् ।
५१ वर्षीय जामेहले सन् १९९४ मा सत्ता हत्याएका थिए । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्