जनता आवास कार्यान्वयन ईकाइ कार्यालय संचालनमा « Image Khabar


जनता आवास कार्यान्वयन ईकाइ कार्यालय संचालनमा


Imagekhabar
२ माघ २०७३, आईतवार १९:५५

शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले कार्यालयको उद्घाटन गरेका हुन् ।

सरकारले सुरु गरेको जनता आवास कार्यक्रम अन्तर्गत मोरङ जिल्लामा चालु आर्थिक बर्षमा अति विपन्न तथा सीमान्तकृत परिवारका आठ सय परिवारका भवन निर्माण कार्य सञ्चालनका लागि सो कार्यालय स्थापना गरिएको हो ।

प्रत्येक परिवारलाई एउटा घर निर्माणका लागि दुई लाख २५ हजार रकम प्रदान गरिने यो कार्यक्रम मोरङका २७ वटा गाविसमा लागू हुनेछ ।

चालु आर्थिक बर्षमा विपन्न गरीब, लोपोन्मुख र दलित परिवारका लागि मुलुकभर २० हजार घर निर्माण गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्