उद्योग दर्ता अब अनलाइनबाटै हुने « Image Khabar


उद्योग दर्ता अब अनलाइनबाटै हुने


Imagekhabar
२ माघ २०७३, आईतवार २०:३५

अनलाइन उद्योग दर्ता प्रणालीको आइतबार उद्योग मन्त्री नविन्द्रराज जोशीले उद्घाटन गरे । अनलाइनबाटै प्रक्रिया पुरा गरी उद्योग दर्ता गरेको चिनियाँ एक कम्पनीलाई उद्योगमन्त्री जोशीले प्रमाणपत्र पनि प्रदान गरे ।

उद्योग विभागले यस अनलाइनबाट साना तथा मझौला उद्योग दर्ता, विदेशी लगानी स्वीकृती र भिसा सिफारिस गर्ने महानिर्देशक प्रदीप कोइरालाले बताए । उनले डाटाको सुरक्षाका लागि छिट्टै डिजिटल हस्ताक्षरको व्यवस्था गरिने पनि बताए ।

विभागको सबै काम सूचना प्रविधिमार्फत छिटो, छरितो र विश्वासिलो बनाउन अनलाइन प्रणालीबाटै सबै काम गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्