Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


धितोपत्र बोर्डको नयाँ निर्णयः साना खरिदकर्ताले स्थायी लेखा नम्बर लिनु नपर्ने


0
Shares

काठमाडौं । पाँच लाख रुपैंया भन्दा कमको दोस्रो बजारबाट शेयर खरिद गर्नेले अनिवार्य स्थायी लेखा नम्बर लिनु नपर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले आज विज्ञप्ति जारी गरी एक पटकमा पाँच लाख भन्दा बढीको शेयर कारोबार गर्दा भने अनिवार्य प्यान नम्बर लिनुपर्ने जनाएको छ ।

आगामी बैशाख १ गतेदेखि यो व्यवस्था लागू हुने बोर्डले जनाएको छ ।

२०७६ बैशाख १ गतेबाट दोस्रो बजारमार्फत शेयर खरिद गर्दा अनिवार्य प्यान नम्बर अनिवार्य लिनुपर्ने व्यवस्था असअघि नै गरिएपनि लगानीकर्ता तथा सम्बद्धपक्षहरुसँग गरिएको छलफलको सुझाव तथा निष्कर्ष एवं अर्थ मन्त्रालयबाट प्राप्त उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको बैठकको निर्णयानुसारको निर्देशनलाई दृष्टिगत गरी यस्तो व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

एक पटकमा पाँच लाख भन्दा कम मूल्यको शेयर खरिदकर्तालाई हाललाई ऐच्छिक बनाउने निर्णय गरेको बोर्डले जनाएको छ ।