राष्ट्रपतिपुत्रीको विवाह, शीतल निवासमा भित्रिए जन्ती (भिडियो) « Image Khabar


राष्ट्रपतिपुत्रीको विवाह, शीतल निवासमा भित्रिए जन्ती (भिडियो)


Imagekhabar
३ माघ २०७३, सोमबार ११:१७

राष्ट्रपति भवन शितल निवासमा अभिशेष यादवसँग उनको विवाह भइरहेको हो । अभिशेष पूर्वराष्ट्रपति डा. रामवरण यादवका नाती हुन् ।

पूर्वराष्ट्रपति डा. यादवकी भतिजी तथा कांग्रेस सांसद किरण यादवका छोरा अभिशेष ५१ जना जन्तीसहित राष्ट्रपति निवासमा पुगेका छन् ।

समाज सुधार ऐनअनुसार ५१ जनाभन्दा बढी जन्ती नल्याउन राष्ट्रपति कार्यालयले दुलहा पक्षलाई आग्रह गरेको थियो । त्यसमा ब्यान्डबाजाको संख्या भने समावेश गरिएको छैन ।
हिन्दू विधिअनुसार सम्पन्न हुने विवाहमा कन्यादान र गोडाधुने कार्यक्रम भने राखिएको छैन ।

जन्ती र घरपक्ष गरी करिब एक हजार ५ सय जना वैवाहिक समारोहमा सहभागी हुने अनुमान गरिएको छ । सहभागीका लागि दिवा भोजको व्यवस्था गरिएको छ ।
वैवाहिक कार्यक्रम र दिवाभोजमा विशिष्ट व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ ।

निशाकुसुम र अभिशेष बुढानीलकण्ठ स्कुलमा पढ्दादेखिकै साथी भएको बताइएको छ । उनीहरुबीच सात वर्ष लामो प्रेमसम्बन्ध विवाहमा परिणत भएको हो ।

विवाहका लागि राष्ट्रपति भवनलाई दुलही झैं सिंगारिएको छ ।

प्रतिक्रिया दिनुहोस्