यस्तो देखियो राष्ट्रपति भण्डारीकी कान्छी छोरीको विवाह (७ तस्वीर) « Image Khabar


यस्तो देखियो राष्ट्रपति भण्डारीकी कान्छी छोरीको विवाह (७ तस्वीर)


Imagekhabar
३ माघ २०७३, सोमबार १७:०३

राष्ट्रपति निवास शीतल निवासमा इन्जिनियर अभिषेक यादवलाई भण्डारीले बिहान १० बजे स्वयम्बरको माला लगाइदिइन् ।

विवाह समारोहका लागि दुलहा आफ्ना पिता इन्जिनियर मुनीलाल, माता सांसद किरण यादवलगायत आफन्तका साथ शीतल निवास आएका थिए ।

विवाह समारोहमा राष्ट्रपति भण्डारी एवं उनका परिवार र आफन्तजनको सहभागिता थियो ।

सो अवसरमा शुभकामना एवं आशीर्वाद दिन परिवारजन, आफन्तजन तथा आमन्त्रित महानुभावकोसमेत उपस्थिति थियो । रासस

अपडेटअघिको समाचार तल पढ्नोस्

काठमाडौं, माघ ३ । राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी सुपुत्री डा. निशाकुसुम भण्डारीको शुभविवाहका अवसरमा विभिन्न व्यक्तित्वहरुबाट बरबधुलाई बधाइ तथा शुभकामना दिइएको छ ।

स्वर्गीय मदनकुमार भण्डारी र राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुसुमको शुभविवाह इन्जिनियर मुनीलाल यादव एवं सांसद किरण यादवका ज्येष्ठ सुपुत्र इन्जिनियर अभिषेक यादवका साथ सोमबार सुसम्पन्न हुँदैछ ।

शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्की, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष, सांसदहरु, राष्ट्रकवि माधवप्रसाद घिमिरे, कूटनीतिज्ञलगायतको उपस्थिति थियो ।

समारोहमा पूर्वराजा ज्ञानेन्द्र शाह पनि उपस्थित थिए ।

विवाहको सबै कार्यक्रम सोमबारै सम्पन्न हुने राष्ट्रपति भण्डारीका स्वकीय उपसचिव दीपा शर्माले राससलाई जानकारी दिइन् । रासस

भिडियो हेर्नुहोस्

 

प्रतिक्रिया दिनुहोस्