के ‘यमबुद्ध’ले संगीतप्रति वितृष्णा भएरै आत्महत्या गरे ? « Image Khabar


के ‘यमबुद्ध’ले संगीतप्रति वितृष्णा भएरै आत्महत्या गरे ?


Imagekhabar
४ माघ २०७३, मंगलवार ०९:१३

मोरङका २९ वर्षीय यमबुद्ध करिब ५ वर्ष अघि ‘साथी’ नामक गीत गाएपछि चर्चित बनेका थिए । विशेषगरी युवा पुस्तामाझ लोकप्रिय यमबुद्धले मित्रता र अन्तरंग सम्बन्धहरुमात्र नभई लगायत लागुपदार्थ दुर्व्यसन, चेलीबेटी बेचबिखन र सडक बालबालिका जस्ता विभिन्न विषयमा गीत गाउने गर्दथे ।

उनलाई स्थानीय समयअनुसार शनिबार बिहान बाथरुममा झुण्डिएको अवस्थामा भेटिएको र घटनास्थलमै मृत घोषित गरिएको लण्डनको मेट्रोपोलिटन पुलिसका एकजना प्रवक्ताले बीबीसी नेपालीलाई बताएका थिए ।

अनौपचारिक सर्वेक्षणहरुमा फेसबुकमा सर्वाधिक लाइक पाउने १० नेपालीमध्ये ११ लाख ४० हजारभन्दा बढी लाइक पाउने यमबुद्ध एकजना मात्र पुरुष थिए ।

केही दिन अघि मात्रै यमबुद्धले ट्वीटर मार्फत आफ्नो नयाँ एल्बम चाँडै आउने घोषणा गरेका थिए । आत्महत्याको दुई दिन अघिसम्म यम ५ वटा गीतहरुको संग्रह निकाल्न रेकर्डिङ मा व्यस्त थिए ।

यद्यपी, यमबुद्धको मृत्युको घटनालाई कतिपयले रहस्यमय मानेका छन् । के उनी संगीतप्रति असन्तुष्टी नै भएर आत्महत्या गरेका हुन या त अरुनै केही कारण छ ? भन्ने बारेमा धेरैले जिज्ञासा राखिरहेका छन् ।

काम सकेर घर खाना खाइ सामान्य सुतेको मान्छे एक्कासी त्यो अवस्थामा पाउंदा आश्चर्यचकित बनेका एक आफन्तका अनुसार बेलायत आएपछि विगत जस्तो प्रगति नभएको र बढ्दो तनावले पनि उनमा एकखालको वितृष्णा भएको हुनसक्छ ।

सन् २००९ मा विद्यार्थी भिजामा लन्डन आएर सन् २०११ मा नेपाल फर्किएका उनी बिहेपछि २०१४ मा स्पाउज भिजामा यूके आएका थिए । ब्रिटिश पासपोर्ट होल्डर २५ बर्षीया श्रीमती अस्मिताको स्पाउज भिजामा थिए उनी ।

बेलायतमा ससुराली घरमा बस्दै आएका यमबुद्धले केही महिना अघि नेपालको एक चर्चित साप्ताहिक पत्रिकालाई दिएको अन्तबार्ताका क्रममा संगीतप्रति बितृष्णा रहेको बताएका थिए ।

तर पनि बेलायतमा रहँदा उनी उत्साहित भएर संगीतमै क्रियाशिल थिए । उनले उक्त पत्रिकालाई यसरी अनुभव साटेका छन् ।

असन्तुष्टी

आफुले गाएको गीत बजाएर अरुले कमाई गर्ने आफु चै जहाँको त्यहीँ भइने । त्यसैले कलाकारले पनि गरी खाने बाटो बनाई दिनु पर्‍यो । गीत चर्चित हुने नाम चल्ने तर खल्ती जहिले पनि खाली । तपाईहरुले पनि देखि रहनु भएको छ नि ।

निर्माताहरू गाडी चढेर हिंड्छन् कलाकार जहिले पनि पैदलका पैदल । खोई त बाँच्ने आधार ? यही सिलसिलामा म तपाईंलाई एउटा कुरा भनुँ नेपालका एक जना नाम चलेको कलाकार हुनुहुन्छ वहाँँको यो क्षेत्रको क्यारियर र मेरो उमेर बराबरी हो ।

सुन्छु वहाँको यो अवस्था सुरुमा जस्तो थियो अहिलेसम्म पनि त्यस्तै छ । नाम चाहीं किटान नगरौं । यस्तो अवस्था हुनु भएन । मेरो यो अडान हो यसले कसैलाई फाईदा या बेफाईदा के गर्छ सरोकार राख्दिन ।

एक्लो वृहस्पति झुठा हुन्छ भन्छन् म आफ्नो अडान छाड्दिन । राम्रो सोचे राम्रै नराम्रो सोचे नराम्रै हुन्छ । यस्तो कहिलेसम्म ?

कलाकारको काम साधनामा डुब्ने र सिर्जना गर्ने मात्र हुनुपर्छ । सरकारले राम्रो सिर्जनाको प्रचारप्रसार र त्यसबाट प्राप्त आम्दानीको केही भाग प्रचार गर्नेलाई, सिर्जना गर्नेलाई र स्वयं आफूलाई समेत छुट्याउनु पर्छ ।

कलाकारले सिर्जना तिर लाग्ने कि चाकरी तिर लाग्ने । श्रोताका लागि गाउने आफू चाहीं साधना गर्ने नै हो । सरकारले के गर्ला भन्ने तिर लाग्ने होइन त्यता फर्कने हो भने राजनीति घुस्छ र झन विग्रन्छ ।

म त भन्छु कलाकारलाई सक्षम बनाउने, बनाउन सहयोग गर्ने, तिनको सिर्जनालाई प्रचार प्रसार गरेर, निश्चिन्त भएर बाँच्ने आधार तयार गरिदिनुपर्‍यो । कलाकारले यही कुरा बुझ्नु पर्‍यो ।

यही नबुझेर चाकरी तिर लाग्छन् अनि केहीले फाइदा उठाइरहने केही कलाकारले दुःख पाई राखेको हो । यही बुझ्न जरूरी छ ।

 

प्रतिक्रिया दिनुहोस्