रुकुममा जोगाउने अभियान सुरु, जिविसले सक्रियता देखायो « Image Khabar


रुकुममा जोगाउने अभियान सुरु, जिविसले सक्रियता देखायो


Imagekhabar
४ माघ २०७३, मंगलवार ११:५४

जिल्ला विकास समितिले लोप हुने अवस्थामा पुगेका विभिन्न नृत्य प्रस्तुत गरेर संस्कृति संरक्षणको अभियान सुरु गरेको हो ।

जिविसले स्थानीय सिंगारु नाच, मयुर नाच र भुमे नाचको संरक्षण सुरु गरेको हो ।

जिल्ला परिषद्बाट २०७३ साललाई सांस्कृतिक प्रवद्र्धन वर्ष मनाउन निर्णय भएसँगै अहिले अभियानकै रुपमा जिल्लामा विभिन्न कार्यक्रम सञ्चालन भइरहेका हुन् ।

स्थानीय कला संस्कृतिलाई प्रबद्र्धन गर्न र जिल्लाको पर्यटन विकासमा सहयोग पुर्‍याउन संस्कृति प्रबद्र्धन वर्षको रुपमा मनाइएको जिल्ला विकास समिति रुकुमले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्