२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


भूकम्प प्रभावितहरुले र्‍याली निकाले, सरकार मुकदर्शक बनेको आरोप


0
Shares

ललितपुर उपमहानगरपालिका कार्यालयअगाडिबाट सुरु भएको र्‍याली पाटनढोका पुगेर समापन भएको थियो ।

विनाशकारी भूकम्प गएको दुई वर्ष वित्न लाग्दासमेत पुनर्निर्माण र पुनस्र्थापनाको काम नभएको भन्दै उनीहरुले तत्काल काममा तिव्रता दिन सरकारसँग माग गरेका छन् ।

भूकम्प प्रभावितहरुले जाडोको समयमा महिला, बालबालिकाको अवस्था दयनीय हुँदासमेत सरकार मुकदर्शक बनेको भन्दै राहतको व्यवस्था गर्नसमेत माग गरेका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीय स्थलको पुनर्निर्माण गरिनुपर्ने, सुरक्षित घरबासको व्यवस्था गरिनुपर्नेलगायतका माग पनि उनीहरुले राखेका छन् ।