लोकमानविरुद्ध महाअभियोग लगाउने/नलगाउने विषय ‘भोलि टुंगो लाग्ने’ « Image Khabar


लोकमानविरुद्ध महाअभियोग लगाउने/नलगाउने विषय ‘भोलि टुंगो लाग्ने’


Imagekhabar
४ माघ २०७३, मंगलवार १४:५७

समितिको कार्यालय सिंहदबारमा मंगलबार बसेको बैठकमा लोकमानसिंह कार्कीविरुद्ध महाअभियोग लगाउने वा नलगाउने भन्ने विषयमा छलफल भएको थियो ।

बैठकमा सुझावका लागि नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेल र कानुन मन्त्रालयका सचिव टेकप्रसाद ढुंगानालाई बोलाइएको थियो ।

तर, समितिको बैठकमा बोलाइएका विज्ञहरुले आफूहरु तत्कालीन मन्त्रिपरिषदको सदस्य र कार्कीलाई अख्तियार प्रमुखकोरुपमा सिफारिस गर्ने संवैधानिक समितिको सदस्य रहेकाले राय दिन नमिल्ने बताएपछि बैठक कुनै निश्कर्षमा पुग्न नसकेको हो ।

पौडेल र ढुंगानाकै सल्लाहमा समितिले बुधबार (भोलि)को बैठकमा महान्यायधिवक्ता रमनकुमार श्रेष्ठलाई बोलाएको छ ।

महान्यायधिवक्ताको धारणा सुनेपछि यो विषयमा समितिले बुधबार नै निर्णय लिने समितिका सदस्य पार्वत गुरुङले जानकारी दिए ।

समितिको सोमबारको बैठक पनि निश्कर्षबिना नै टुंगिएको थियो ।

सर्वोच्च अदालतले कार्की अख्तियार प्रमुख हुन अयोग्य भएको फैसला गरेपछि उनी अख्तियारको जिम्मेवारीबाट भने बाहिरिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्