
काठमाडौंदेखि सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको ना१ज ४९७८ नम्बरको जिप दुर्घटना हुँदा गैरीमुदी गाविस–७ विमला पाख्रिन र मोहनबहादुर तामाङ, मिर्गे–१ का साइना तामाङ, भेड्पु गाविसका सुजन लामा र उषा तामाङ तथा शैलुंगेश्वर–६ विकास लामा र पवित्रा तामाङ घाइते भएका छन् ।
विपरीत दिशाबाट आउँदै गरेको बसलाई बाटो दिँदा उक्त जिप दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक रविन कार्कीले जानकारी दिए ।
घाइतेलाई उपचारका लागि चरिकोटस्थित सामुदायिक अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्