रसुवा । रसुवामा ७६ प्रतिशत भूकम्पपीडितले निजी आवास निर्माण सम्पन्न गरेका छन् ।
भूकम्प गएको ४ बर्ष पुग्नै लाग्दा जिल्लाका ७६ प्रतिशत भूकम्पपिडीतले निजी आवास निर्माण सम्पन्न गरेका हुन् ।
१२ हजार ४ सय ९२ जना लाभग्राही रहेको रसुवामा ९ हजार ४ सय ५७ जनाले निजी आवास निर्माण सम्पन्न गरेको राष्ट्रिय पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई रसुवाका प्रमुख भरत थापाले बताए ।
जिल्लाको पाँच वटा गाउँपालिकामध्ये सबैभन्दा बढी नौकुण्ड गाउँपालिकामा र सबैभन्दा कम गोसाईकुण्ड गाउँपालिकामा घर निर्माण भएको छ ।
सडक नपुगेको स्थानमा हेलिकप्टर तथा खच्चडको प्रयोग गरी निर्माण सामग्री पुर्याएर पुनर्निर्माणलाई तीब्रता दिइरहेको भूकम्प पीडितहरुले बताएका छन् ।
भूकम्पबाट अति प्रभावित जिल्ला मध्येको रसुवा निजी आवास निर्माणमा पहिलो स्थानमा परेको छ ।









प्रतिक्रिया दिनुहोस्